You are viewing the translated version of सम्पत्ति वा कोषमा छुट वा फुकुवा गर्ने प्रक्रिया.

Section 68
सम्पत्ति वा कोषमा छुट वा फुकुवा गर्ने प्रक्रिया
(१) सूचीकृत व्यक्ति, .समूह वा सङ्गठनको सम्पत्ति वा कोषमध्ये संयुक्त राष्ट्र सङ्घकी प्रस्ताव बमोजिम कुनै प्रकारको सम्पत्ति वा कोष रोक्का नराखी छुट दिने व्यवस्था भएकोमा सोही बमोजिम छुट दिनु पर्नेछ।

(२) गृह मन्त्रालयले नियम ६७ को उपनियम (७) बमोजिमको सूचीबाट हटाइएको कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोषको सम्बन्धमा जारी भएको फुकुवा: आदेश तत्काल आफ्नो वेबसाइटमा प्रकाशन गरी विद्युतीय माध्यमबाट सोको जानकारी नियमनकारी निकाय, वित्तीय जानकारी इकाई र सूचक संस्थालाई समेत दिनु पर्नेछ।